आर्थिक

अजोड इन्स्योरेन्स र ज्यापु समाज बीच सम्झौता

१७ असार, काठमाण्डौ ।अजोड इन्स्योरेन्स लिमिटेड र ज्यापु समाज यल बीच सम्झौता सम्पन्न भएको छ ।

अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुुर खत्री र ज्यापु समाज यलका अध्यक्ष तिर्थलाल महर्जनले हस्ताक्षर गरेका छन् । ज्यापु समाज यल र सो संस्थासंग आवद्ध उद्योगी ब्यवसायी सदस्यहरुको निर्जिवन बीमा सम्वन्धि कार्य गर्न र बीमा सचेतना, बीमा जागरण तथा बीमा शिक्षा सञ्चालन गर्न एक आपसमा सम्झौता भएको हो ।

सो अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडका कर्मचारीहरुको र ज्यापु समाज यलका सदस्यहरुकोे समेत उपस्थिति रहेको थियो ।