१८ असार, काठमाण्डौ । डिजिटल बैंकिङ्गमा अग्रणी स्थानमा रहि नविनतम प्रविधिद्वारा बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको एन आई सी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रबद्र्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ्ग एप, Website, iServe तथा Internet Banking नेपालकै ठूलो मोबाइल सेवा प्रदायक कम्पनी NTC नेटवर्कमा निःशुल्क चलाउन सकिने सुविधा ल्याएको छ ।
यस सुविधा मार्फत यस बैंकका ग्राहकहरूले नेपाल टेलिकमको डाटा प्रयोग गरी एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग एप, Website, iServe तथा Internet Banking सुविधाहरू निःशुल्क प्रयोग गर्न सकिनेछ ।
साथै बैंकले यसअघि NCELL को नेटवर्कमा पनि एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग एप, Website, iServe तथा Internet Banking जस्ता सुविधाहरू निःशुल्क चलाउन सकिने व्यवस्था गरिसकेको छ । NTC र NCELL को निःशुल्क डाटा सुविधाको प्रयोग गरी यस बैंकका ग्राहकहरूले निम्नलिखित सेवाहरू उपभोग गर्न सकिनेछ :
NIC ASIA MoBank एपः अन्तर बैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, आन्तरिक रेमिट्यान्स पठाउने एवं बुझने, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा एटिएमको स्थान पत्ता लगाउने, मोबाइल टपअप, युटिलिटी बिल भुक्तानी, QR भुक्तानी, ई कमर्श एक्टिभेसन, आफ्नो गुनासोको सुनुवाई तथा Progress Tracking आदि जस्ता थुप्रै सुविधाहरू सहज रुपले निःशुल्क लिन सक्नुहुनेछ । साथै, NIC ASIA MoBank मार्फत विभिन्न कम्पनीहरूले जारी गर्ने प्रारम्भिक शेयर (IPO) मा आवेदन दिन सकिनेछ ।
NIC ASIA MoBank प्रयोगकर्ताले कार्डबिनै एटिएमबाट नगद रकम झिक्न सकिने सुविधा (Cardless Withdrawal) को प्रयोग गर्न सकिनेछ र एपमा रहेको ’Customer CareÚ’ बाट ग्राहकहरूले आफ्ना समस्या यथासिघ्र समाधान तथा उनीहरूको जिज्ञासालाई यथोचित सम्बोधन प्राप्त गर्न सकिनेछ ।
iServe: यस https://iserve.nicasiabank.com/home मार्फत मोबाइल बैंकिङ्ग सेवाहरू (नयाँ आवेदन, ब्लक, अनब्लक तथा पिन/पासवर्ड रिसेट), ग्राहक सम्बन्धी सेवाहरू (ब्यालेन्सको जानकारी, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन, एकाउन्ट स्टेटमेन्ट आवेदन, मर्चेन्ट आवेदन, मेरो शेयर तथा सिआरएन आवेदन, बचत योजना परिवर्तन र Stop Cheque Payment), टेलर सेवाहरू (नगद तथा चेक डिपोजिट) र कार्ड सम्बन्धी सेवाहरू (ई–कमर्श दर्ता, कार्ड ब्लक, कार्ड आवेदन, प्रिपेड डलर कार्ड आवेदन, Debit Card Replacement आवेदन रInsta Buy)सरल तरिकाले लिन सकिनेछ ।
Website : बैंकको वेबसाइटwww.nicasiabank.com बाट ग्राहकहरूले यस बैंकबारे अधिकतम जानकारीहरू लिन सक्नुहुनेछ । जसमा अनलाइन खाता आवेदन, अनलाइन IPO आवेदन, Loan Benefit Calculator, EMI Calculator लगायत बैंकका अन्य सेवा सुविधाको जानकारीको साथै बैंकका पछिल्ला योजनाहरू, सूचना लगायत बैंकले राख्ने विभिन्न वित्तीय विवरणहरूबारे यथेष्ट जानकारी प्राप्त गर्न सकिनेछ ।
Internet Banking : यसमार्फत अन्तर बैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, मोबाइल टपअप, युटिलीटि बिल भुक्तानी लगायतका सुविधाहरू उपभोग गर्न सकिनेछ ।
बृहत भौतिक शाखा सञ्जालका साथै आधुनिक डिजिटल च्यानलहरू मार्फत सहज, सबल, गतिशील, विश्वसनीय एवं उत्तरदायी बैंकिङ्गको नाता स्थापित गर्न सफल यस बैंकले ग्राहकहरूको सुविधा एवं डिजिटल बैंकिङ्गमा ग्राहकहरूलाई अभ्यस्त पार्ने उद्देश्यअनुरुप ल्याएको यस निःशुल्क NIC ASIA MoBank, iServe, Website तथा Internet Banking प्रयोग सुविधा NTC र NCELL का ग्राहकहरूलाई उपलब्ध हुनेछ । साथै, यी उल्लेखित बाहेकका अन्य सेवाहरु लिदा वा डिभाइसको
ब्याकग्राउण्डमा चल्न सक्ने अन्य एपहरुको हकमा दुरसञ्चार सेवा प्रदायक कम्पनीको नियमानुसार शुल्क लाग्नेछ ।
बैंकले ल्याएको यस नवीन सुविधाले धेरै भन्दा धेरै ग्राहक महानुभावहरूलाई डिजिटल कारोबारमा अभ्यस्त पार्नुका साथै सिंगो देशमा डिजिटल बैंकिङ्गको प्रबद्र्धनमा थप टेवा मिल्ने बैंकले विश्वास लिएको छ । ’डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले यस बैंकले पछिल्लो समय ग्राहकलाई जुनसुकै स्थानबाट, जुनसुकै समयमा बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले Self Help बैंकिङ्गको अभ्यासलाई iServe मार्फत अघि बढाईरहेको छ । साथै, बैंकले भौतिक रुपमा प्रवाह गरिरहेको ग्राहक सेवाहरू डिजिटल रुपमा उपभोग गर्न मिल्ने हिसाबले iServe प्लाटफर्मको विकास गरी NIC ASIA MoBank तथा बैंकको वेबसाइटबाट उक्त सेवाहरू अनलाईनमार्फत लिन सकिने सुविधा प्रदान गरेको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.३ अर्ब १६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाब, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।