मनोरञ्जन

‘सम्झना बिर्सना’ को दोश्रो ट्रेलरमा पूजा र आकाशको केमेष्ट्रि


१८ असार, काठमाडौँ । बहुचर्चित फिल्म ‘सम्झना बिर्सना’ को दोश्रो ट्रेलर बुढा सुब्बा डिजिटलमार्फत शनिबार दर्शकमाझ ल्याइएको छ । चर्चित जोडी पूजा शर्मा र आकाश श्रेष्ठ अभिनीत फिल्म ३१ असारदेखि देशब्यापी प्रदर्शनमा हुदैछ ।
निमेष प्रधान लिखित तथा निर्देशीत फिल्मको पौने तीन मिनेट लामो ट्रेलरमा कमेडी,लभ,रोमान्स,सेन्टिमेन्टस् तथा सस्पेन्सको समीश्रण देखिन्छ । चिया बगानका मज्दुरका समस्यालाई पनि ट्रेलरमा प्राथमीकता दिइएको छ । दार्जिलिङ,सिल्गुढी,सिक्किमलगायतका रमणीय स्थानमा खिचिएको फिल्मको ट्रेलरमा सबै प्रमुख कलाकारहरु–आकाश,पूजा,सुनील थापा, छुल्ठिम गुरुङ र शिसिर राणालाई अटाइएको छ ।
फिल्म प्रदर्शनको मिति नजिकीदै जादा निर्माण पक्षले प्रचारप्रशारलाई निकै सशक्त बनाएको छ । अद्वितीय प्रधानको प्रस्तुति,रेविका प्रधानको निर्माण र सुवास भुर्तेल कार्यकारी निर्माता रहेको फिल्मका सार्वजनीक दुई गीत–‘परेलीमा लुकाउछु’ र ‘हाँस्ने खेल्ने बेलैमा’ अहिले दर्शकश्रोता माझ चर्चित छन् ।
आदित्य फिल्म्स्को प्रस्तुति रहेको ‘सम्झना बिर्सना’ शिब ढकालले खिचेका हुन भने सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका छन् । फिल्मका गीतमा अर्जुन पोखरेल, राजन इशान, सुदर्शन तामाङ र निर्देशक निमेषकै संगीत छ । कमल राई र रामजी लामीछानेको कोरियोग्राफी रहेको फिल्मको बितरण आरआर फिल्मस्ले गर्दैछ ।
दर्शकले निकै मन पराएको पूजा र आकाशको जोडी करिब चार बर्षको अन्तरालपछि पुनः यही फिल्ममार्फत ठूलो पर्दामा संगै आउदैछ । त्यसकारण पनि यो फिल्मप्रति दर्शक तथा चलचित्रकर्मीको अपेक्षा अधिक छ ।