समाचार

एसका अध्यक्ष नेपालसँग भारतीय राजदूत श्रीबास्तवको भेट

१८ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवबीच आज भेटघाट भएको छ ।

अध्यक्ष नेपाललाई भेट्न राजदूत श्रीवास्तव कोटेश्वरस्थित निवासमा पुग्नुभएको थियो । अध्यक्ष नेपालले राजदूत श्रीवास्तवलाई स्वागत गर्दै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरे। नेपाल भारत सम्बन्ध र अहिले भइरहेको विविध समस्याका बारेमा कुरा भएको थियो । श्रीवास्तवले शिष्टाचार भेटपछि दुई देशबीचको सम्बन्धलाई बलियो बनाउने आश्वासन दिएका थिए  ।