आर्थिक

आइएमई जनरल इन्स्योरेन्स र गेलेक्सी इस्पेसियलिटि क्लिनिक बिच सम्झौता

१९ असार, काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र गेलेक्सी इस्पेसियलिटि क्लिनिक प्राइभेट लिमिटेड बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र गेलेक्सी इस्पेसियलिटि क्लिनिकका प्रबन्ध निर्देशक शिव राज केसीले हस्ताक्षर गरे । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सका कर्मचारी, शेयरधनी तथा ग्राहकहरुलाई गेलेक्सी इस्पेसियलिटि क्लिनिक महाराजगंज, काठमाण्डौँमा प्राप्त हुने सेवाहरु जस्तैः एक्सरे, युएसजी, इसीजि, इसीएच्ओ लगायतका सेवाहरुमा १० प्रतिशत सम्म र ओपिडी सेवामा २५ प्रतिशत सम्मको आकर्षक छुट प्राप्त हुने हुनाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण कर्मचारी, लगानीकर्ता तथा ग्राहकहरुले आवश्यकता अनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ ।

साथै सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले न्बबिहथ गेलेक्सी इस्पेसियलिटि क्लिनिकसँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकहरुलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी गराए ।