अन्तर्राष्ट्रिय

चालीस आतङ्कारी मारिए : सोमाली सेना

१९ असार, मोगादिसु । सोमाली राष्ट्रिय सेनाले अल शबाबका ४० जना आतङ्कारीलाई मारेको दाबी गरेको छ ।

देशको मध्यभागमा अवस्थित शबेले क्षेत्रमा शनिबार गरिएको सैनिक कारबाहीमा अल शबाबका ४० जना लडाकालाई एलिट फोर्स दानबले मारेको राष्ट्रिय सेनाले आइतबार बताएको हो ।
सैन्य कारबाहीका क्रममा अल शबाबका केही नेता पनि मारिएका तथा उसका सवारीसाधनमा आगो लगाइएको समाचार सोमाली राष्ट्रिय रेडियोले प्रसारण गरेको छ ।

अल शबाबका विद्रोहीहरूले देशका ग्रामीण क्षेत्रमा सुरक्षाकर्मीका साथै सर्वसाधारणलाई समेत लक्ष्यित गरेर विद्युतीय धराप र बारूदी सुरूङ विछ्याएर जनजीवन त्रसित पार्दै आएका छन् ।