राजनीति

बरिष्ठ नेता डा कोईरालाले अर्थबिदपछि गरे काँग्रेसका पुराना नेताहरुसँग महत्वपूर्ण छलफल

१९ असार, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता डा शेखर कोईरालाले कांग्रेसका पुराना नेताहरुसँग पार्टीको पछिल्लो अवस्थाका बारेमा छलफल गरेका छन् ।
आज काठमाडौंमा डा कोईरालाले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा गम्भीर छलफल गरेको उनका स्वकीय सचिव दिनेशचन्द्र थपलीयाले जनाएका छन् । नेता डा कोईरालाले कांग्रेस केन्द्रीय सदस्य बल ब. केसी, नेताहरुः तारानाथ रानाभाट, चिरञ्जीवी वाग्ले, ओमकार श्रेष्ठ, बिनयध्वज चन्द, बिपिन कोइरालालगायतसँग छलफल गरेका थिए ।
काँग्रेस बरिष्ठ नेता डा कोईराला समूहको बैठकले केहीदिन अगाडी प्रधानमन्त्री र पार्टी सभापति दुबैका लागि शेरबहादुर देउवा असफल भएको टिप्पणी गरेको थियो ।

यसअघि पनि बरिष्ठ नेता डा कोईरालाले डा गोबिन्दराज पोख्रेल (राष्ट्रिय योजना आयोगका पुर्वउपाध्यक्ष), डा बिमल कोइराला (पुर्व मुख्यसचिव), अच्युत वाग्ले (बिश्लेषक), नरेश श्रेष्ठ (ब्यावसायी) र पुरञ्जन आचार्य (बिश्लेषक)संग बिबिध बिषयमा छलफल गरेका थिए ।
डा कोईरालाले पछिल्लो समय बिभिन्न बिज्ञहरुसँगको छलफल तीब्र रुपमा अगाडी बढाएका छन् ।