खेलकुद

ऋत बाँस्केटबलमा ९६ टोली


२० असार, काठमाडौँ । ऋत एकेडेमीको आयोजनामा ‘ऋत एसइई कप थ्री बाइ थ्री’ बाँस्केटबल प्रतियोगिता मङ्गलबारदेखि हुनेभएको छ । प्रतियोगितामा छात्रतर्फ ८० र छात्रामा १६ गरी ९६ टोलीको सहभागिता रहने ऋत एकेडेमीका प्रमुख कार्यकारी अधिकृत सिद्धार्थ लामाले जानकारी दिए ।

छात्ररछात्रामा समान नगद पुरस्कार राखिएको छ । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः सात हजार, पाँच हजार र तीन हजार ५०० नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यसबाहेक छात्ररछात्रा दुवैमा शीर्ष तीन स्थान हात पर्ने प्रत्येक टोलीका खेलाडीलाई छात्रवृत्ति पनि प्रदान गरिने प्रमुख कार्यकारी अधिकृत लामाले बताए ।

 ऋतमा ‘प्लस–२’ अध्ययन गर्न इच्छुकलाई ३० प्रतिशत छात्रवृत्ति प्रदान गरिने छ । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई पनि सो बराबरको छात्रवृत्ति प्रदान गरिने आयोजकले जनाएको छ । नकआउट आधारमा हुने दुई दिने प्रतियोगिताका खेलहरू बसुन्धारास्थित आयोजक ऋतको आफ्नै बास्केटबल कोर्टमा हुनेछ ।