अन्तर्राष्ट्रिय

मध्य फिलिपिन्समा विद्रोहीको आक्रमणमा परी ७ सैनिक घाइते

२१ असार, मनिला । मध्य फिलिपिन्समा मङ्गलबार बिहान संदिग्ध विद्रोहीहरूले गस्ती गरिरहेका सरकारी सेनाला आक्रमण गर्दा सात सैनिक घाइते भएका छन् । ती मध्ये दुईको अवस्था गम्भीर रहेको छ।
८ औं इन्फन्ट्री डिभिजनका कमाण्डर मेजर जनरल एडगार्डो डे लियोनले उत्तरी समर प्रान्तको मपानास नगरपालिकामा स्थानीय समय अनुसार बिहान ६:१५ बजे आक्रमण भएको बताएका छन् ।
विद्रोहीहरूले एन्टि-पर्सनल माइनमा विस्फोट गराउँदा सैनिकहरू पैदल गस्तीमा रहेको डी लियोनले उल्लैख गरेका छन् । यो सँगै सरकारी सेनाहरू जारी अपरेशन रद्द गर्न भएका छन् ।