राजनीति

अर्थमन्त्री शर्माले पदबाट राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्छः उपसभापति गुरुङ

२२ असार, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले अर्थमन्त्रीबाट जनार्दन शर्माले राजीनामा दिनुपर्ने विचार ब्यक्त गरेका छन् ।
उपसभापति गुरुङले गैर संबैधानिक कार्य गर्नेहरुका लागि सिसि क्यामरा मार्फत निगरानी गरिने बताउँदै यसका लागि छानवीन समिति गठन, छानबिन समितिलाई सहयोगका लागि राजिनामा र बर्खास्तको बिकल्प भएको तर्क गरेका छन् ।
उनले ट्वीट गर्दै उक्त तीन बिकल्पहरु दिएका हुन् । उपसभापति गुरुङले अर्थमन्त्री जनार्दन शर्माको बिबादका बिषयमा सार्वजनिक पद धारण गर्ने व्यक्ति विवादमा तानिए पछि सिसि फुटेज सार्वजनिक गर्नुपर्छ भन्दै उक्त बिकल्पहरु दिएका हुन् । अर्थमन्त्री शर्माले पदबाट राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्छ भन्ने उनको साँकेतिक तर्कपनि छ ।
उपसभापति गुरुगंको भनाईः
गैर संबैधानिक कार्य गर्नेहरुका लागि सिसि क्यामरा मार्फत निगरानी गरिन्छ।
सार्वजनिक पद धारण गर्ने व्यक्ति विवादमा तानिए पछि सिसि फुटेज सार्वजनिक गर्नुपर्छ। जनताले हेर्न पाउनुपर्छ।
विवाद समाधानका लागिस्
१. छानवीन समिति गठन
२. छानबिन समितिलाई सहयोगका लागि राजिनामा
३. बर्खास्त