२३ असार, काठमाण्डौ । नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी डीआईजीपी टेकप्रसाद राईले पाएका छन् ।
केहीदिन अगाडीमात्र बढुवा भएका राईलाई आज प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिईएको हो ।
अब्बल क्षमता भएका राई प्रहरी सेवामा प्रीय मानिन्छन् । केहीदिनअघिमात्र एसएसपीबाट डिआईजीमा बढुवा भएका राईले प्रहरीमा गरेको कार्यका्र कारण बेला बेला माथील्लो निकायबाट प्रशसंसा पाउने गरेका छन् । योग्यता क्षमतालाई हेर्दाखेरी उनलाई भबिश्यको आईजीपीको रुपमासमेत प्रहरीबृतमा हेर्ने गरिएको छ ।





