अन्तर्राष्ट्रिय

फिलिपिन्सका राष्ट्रपति मार्कोस कोभिड सङ्क्रमित

२४ असार, मनिला । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोस कोभिड–१९ बाट सङ्क्रमित भएका छन् ।
उनका प्रेस सचिव रोज बिट्रिक्स क्रुज-एन्जेल्सले शुक्रबार सो बारे जानकारी दिएका हुन् । एन्जलसले पत्रकार सम्मेलनमा ६४ वर्षीय मार्कोस कोभिड-१९ को एन्टिजेन परीक्षणमा सङ्क्रमित देखिनु भएको भएको जानकारी दिएका हुुन् । उनलाई हल्का ज्वरो रहेको तर स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ।
एन्जलसले राष्ट्रपति मार्कोससँग नजिकको सम्पर्कमा रहेकाहरूलाई स्वास्थ्य मापदण्ड अनुसार सचेत रहन आग्रह गरेका छन् ।
मार्कोसलाई सन् २०२० मार्चमा पनि कोभिड सङ्क्रमण भएको थियो।