समाचार

प्रधान सेनापति र भारतीय राजदूतबीच भेटघाट

२४ असार, काठमाडौँ । प्रधान सेनापति महारथी प्रभुराम शर्मा र मित्रराष्ट्र भारतका महामहिम राजदूत नवीन श्रीवास्तव बीच जङ्गी अड्डामा भेटघाट भएको छ ।

उक्त भेटघाट प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको थियो । उनिहरु बिच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । नेपाली सेनाले यस किसिमको भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्‍वास लिएको छ ।