समाचार

ललितपुर महानगरका प्रमुख महर्जनलाई कोरोना सङ्क्रमण

२४ असार, जावलाखेल । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।

आज परीक्षणका क्रममा उनलाई सङ्क्रमण भएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए ।

उहाँका अनुसार महर्जनको स्वास्थ्य अवस्था सामान्य रहेको र घरमा बसेर स्वास्थ्यलाभ लिइरहेका छन् ।