पर्यटन/संस्कृति

भोलिबाट काठमाडौंमा दुई दिने राष्ट्रब्यापी वैदिक सनातन धर्म सम्मेलन

२५ असार, काठमाडौं । भोलि असार २६ र २७ गते दुई दिन काठमाडौंको पशुपतिक्षेत्रमा संचालन हुने राष्ट्रिय धर्म संस्कृति सम्मेलनको सम्पुर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

राप्रपा नेपाल आवद्ध राष्ट्रिय सनातन धर्म संस्कृति महासंघको आयोजनामा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

जगतगुरु १००८ स्वामी बालसन्त मोहनशरण देवाचार्य लगायत धार्मिक बुअक्तित्वहरुबाट उद्घघाटन हुने कार्यक्रम दुई चरणमा सम्पन्न हुनेछ। उद्घाटन सत्रमा ॐ कार परिवार भित्रका हिन्दु, बौद्ध, किराँत, शिख र जैन लगायत विभिन्न सम्प्रदायका अगुवा लगायत विभिन्न जिल्लाका धार्मिक प्रतिनिधिहरु सहभागी हुने छन् भने बन्द सत्रमा राप्रपा नेपालका अध्यक्ष कमल थापा, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्राज्ञ डा. जगमान गुरुङ,विध्वान डा. चन्द्र कुमार शेर्मा, मोहन रुम्बा लामा, धार्मिक अध्येता डा. निर्मला पोखरेल, लेखक विनु पोखरेल, डा. विष्णु भण्डारीले विभिन्न बिषयमा कार्यपत्रहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। सम्मेलनले नेपालमा बढिरहेको धर्मान्तरलाई रोक्ने र नेपाललाई हिन्दुराष्ट्रको रुपमा पुनर्स्थापना गर्ने मार्गचित्र लगायत विषयहरु पारित गर्ने तयारी रहेको राप्रपा नेपालका प्रवक्ता सुरेश आचार्यले जानकारी दिए । आयोजक संस्था राष्ट्रिय सनातन धर्म सास्कृति महासंघका अध्यक्ष ज्योतिष पण्डित सुजन अधिकारीले सम्मेलनमा विभिन्न धार्मिक संघ संस्थाका प्रतिनिधिहरु, विभिन्न जिल्लाका प्रतिनिधिहरु , हिन्दुत्व अभियानमा जोडिएका धार्मिक अगुवाहरु, लेखक , बुद्धिजीवी , ॐ कार परिवारसङ्ग आवद्ध ब्यक्तित्वहरुको सम्मेलनमा सहभागीता रहने छ । सम्मेलनमा  “सनातन हिन्दुराष्ट्र अवधारणा र औचित्य ”  “सनातन धर्म र सामाजिक सास्कृतिक विभेदू  “वर्तमान अवस्थामा वैदिक सभ्यताको महत्वू र  “धर्मान्तरणका चुनौती र समाधानका उपाएहरु ” विषयमा कार्यपत्र प्रस्तुत गरिने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले बताए । आयोजक समितिको आज बिहान बसेको बैठकले पार्टी अध्यक्ष कमल थापालाई अन्तिम तयारी बारे जानकारी दिएको र थापाले व्यवस्थित र प्रभावकारी रुपमा कार्यक्रम सम्पन्न गर्न निर्देशन दिएको ज्योतिष सुनज अधिकारिले बताए । बैठकमा धार्मिक संगठन सङ्गै पार्टीका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।