राजनीति

ओलिको पालामा जो गलत, देउवाको पालामा पनि गलत, देउवाको जवाफदेहीता चाहियो: महामन्त्री शर्मा

२७ असार, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले नेपाली काँग्रेसका सभापति एबम् प्रधानमन्त्री शेरबहादुर देउवाको बिरोध गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै यस्तो भयो कसरी ? हुन्छ कसरी ? गर्छ कसले ? सल्लाह दिन्छ कसले ? भन्दै प्रधानमन्त्रीप्रति प्रश्नसहित बिरोध गरेका हुन् ।
उनले ओलिको पालामा जो गलत, देउवाको पालामा पनि गलत, यसमा सतप्रतिशत प्रष्ट छौं हामी भन्दै संसद छलेर अध्याधेश ल्याउने सभापति देउवाको प्रयासको बिरोध गरेका हुन् । संवैधानिक परिषद् सम्बन्धि विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ भन्ने महामन्त्री शर्माको माग छ ।
ओलिको पालामा जो गलत, देउवाको पालामा पनि गलत, यसमा सतप्रतिशत प्रष्ट छौं हामी !
संवैधानिक परिषद् सम्बन्धि विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ नै, तर यस्तो भयो कसरी ? हुन्छ कसरी ? गर्छ कसले ? सल्लाह दिन्छ कसले ? यो दुःखद छ । प्रधानमन्त्री @sherBBeuba को गम्भीर जवाफदेहीता जरुरी छ