मनोरञ्जन

को होला त चलचित्र विकास बोर्डको अध्यक्ष ?

२ साउन, काठमाडौं । चलचित्र बिकास बोर्डको अध्यक्षका लागि प्रतिष्पर्धीहरुको नाम सूचना तथा सञ्चारमन्त्रालयले सानर्बजनिक गरेको छ ।
मन्त्रालयले अरुण कुमार प्रधान, दिपक श्रेष्ठ, नरेश कुमार पौडेल, निर्मल राज ढकाल, भुवन केसी, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुनील कुमार पोखरेलकाने नाम सार्बजनिक गरेको हो ।
रिक्त रहेको चलचित्रसम्बन्धी महत्वपूर्ण रहेको बोर्डको अध्यक्ष बन्नका लागि महानायक भूबन केसीपनि कम्मर कसेर लागेका छन् । पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवादेखी सामान्य स्तरका काँग्रेस नेता कार्यकर्तासम्मसँग भेटघाटमा रहेका केसीलाई देउवा निवासले रुचाएको स्रोतको दाबी छ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्की सञ्चारमन्त्री भएपनि उनको भन्दा बालुवाटारको समर्थनमा नै चलचित्र विकास बोर्डको अध्यक्ष बन्न सकिने भन्दै बानलुवाटार निकट नेपाली काँग्रेसका नेता कार्यकर्तासँग आकाँक्षीहरु निकट हुने गरेको बताईन्छन् ।
केहीदिनमा नै अध्यक्ष चयन हुने भएकोले चलचित्र बिकास बोर्डलाई आफ्नो बनाउन काँग्रेसको राजनीतिसमेत गरेका नेता नेतृहरु पनि यस दौडमा सकृय रहेका छन् । जो भएपनि केहीदिनभित्र चलचित्र विकास बोर्डको अध्यक्ष टुंगो लाग्ने मन्त्रालय स्रोतको दाबी छ । मन्त्रालय स्रोतले भने नियम र प्रकृयाअनुसार नै चयन प्रकृया अगाडी बढाईने र कसैको पनि प्रभाव नरहने दाबी गरेको छ ।