पर्यटन/संस्कृति

किराँत एकेडेमी पुरस्कार घोषणा

२ साउन, काठमाडौँ । किराँत एकेडेमीद्वारा प्रदान गरिने किराँत एकेडेमी पुरस्कारका लागि गठित एकेडेमीको छनोट समितिद्वारा तेस्रो पुरस्कार घोषणा गरिएको छ ।

पुरस्कार प्रयोजनका लागि प्राप्त कृतिहरूमध्येबाट सात वटा कृति सूचीकृत गरिएकामा ती कृतिमध्ये यसपटक विप्लव ढकालद्वारा लिखित भोजपुरको वाङ्मय (वाङ्मयिक अनुसन्धान) र राजकुमार दिक्पालद्वारा लिखित आदिवासी विद्रोहको इतिहास (इतिहास) लाई संयुक्तरूपमा पुरस्कृत गरिने निर्णय गरिएको छ । 

यसअघि यो पुरस्कार प्रथम पटक युग पाठकको उर्गेनको घोडा (उपन्यास) र दोस्रो पटक झलक सुवेदीको ब्रिटिस साम्राज्यको नेपाली मोहोरा (इतिहास अनुसन्धान) ले प्राप्त गरेका थिए । पुरस्कारको राशि रु ५० हजार रहेको छ ।