राजनीति

धर्म संस्कृति र परम्पराको रक्षा गर्दै राष्ट्रनिर्माण गर्नुपर्छ भन्ने दल राप्रपा नेपालमात्र होः अध्यक्ष थापा

३ असार, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले धर्म संस्कृति र परम्पराको रक्षा गर्दै राष्ट्रनिर्माण गर्नुपर्छ भनेका छन् ।
उनले ट्वीट गर्दै नेपालको राजनीतिमा अहिले ‘सम्वर्द्धनवादी भन्दै वैचारिक धार केही कमजोर देखिन्छ भनेका छन् ।
अन्ततः यही विचार नै राष्ट्रको मुलधार बन्नेछ, भन्दै गर्व लाग्छ, राप्रपा नेपाल ‘सम्वर्द्धनवादी’ धारलाई प्रतिनिधित्व गर्ने एकमात्र दल हो भनेका छन् ।
उनको ट्वीटः नेपालको राजनीतिमा अहिले ‘सम्वर्द्धनवादी’ अर्थात धर्म संस्कृति र परम्पराको रक्षा गर्दै राष्ट्रनिर्माण गर्नुपर्छ भन्ने वैचारिक धार केही कमजोर देखिन्छ। तर, अन्ततः यही विचार नै राष्ट्रको मुलधार बन्नेछ। गर्व लाग्छ, राप्रपा नेपाल ‘सम्वर्द्धनवादी’ धारलाई प्रतिनिधित्व गर्ने एकमात्र दल हो