समाचार

नमस्ते पेद्वारा आन्तरिक उडान टिकट सेवा सुरु

३ साउन, काठमाडौं । नमस्ते पे ले आफ्ना ग्राहकहरुका लागि आन्तरिक उडान टिकट सेवा सुरु गरेको छ । यो सेवा अब एन्ड्रोइड मा उपलब्ध छ र चाँडै आइओएसमा पनि लन्च हुनेछ। नमस्ते पे प्रयोगकर्ताहरूले अब नमस्ते पे वालेट मार्फत किफायती दरमा आन्तरिक गन्तव्यहरूको लागि उडान टिकटहरू (एकतर्फी र राउन्ड ट्रिप) किन्न सक्नेछन् ।

नमस्ते पे प्रयोगकर्ताहरूले भरपर्दो र सुरक्षित बुकिंग पार्टनरबाट एयरलाइन्स टिकट बुक गर्न सक्षम हुनेछ।
साथै, नमस्ते पे ले उडान गर्नेहरूका लागि आकर्षक अफर ल्याएको छ, जहाँ उडान टिकट खरिद गर्ने पहिलो पाँच ग्राहकहरूले आफ्नो वालेटमा रु तीन सयको फ्ल्याट क्यासब्याक पाउनेछ। बाँकीले उडान टिकट खरिद गर्दा रु एक सय ५० को फ्ल्याट क्यासब्याक पाउनेछ र भाग्यशाली एक प्रयोगकर्ताले पोखराको दुईतर्फी उडान टिकट पाउनेछ ।
नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ ।