राजनीति

शहरी विकास मन्त्री मेटमणी चौधरीलाई भेटेर काँग्रेस महामन्त्री गगनले यसो भने !

३ साउन, काठमाडौं । नेपली काँग्रेसका माहामन्त्री गगन कुमार थापाले शहरी विकास मन्त्री मेटमणी चौधरीलाई भेटेका छन् ।
मन्त्री चौधरीको कार्यकक्ष पुगेका महामन्त्री थापाले तीन महत्वपूर्ण कुराहरु राखेको सामाजिक सञ्जालमार्फत बताएका छन् ।

महामन्त्री थापाले भेटपछि भनेका छन्ः
शहरी विकास मन्त्री मेटमणी चौधरीलाई भेटेर मैले लामो समयदेखि उठाउँदै आएका निम्न विषयमा छलफल गरेर आएको छु।
१. काठमाडौँ उपत्यका भित्रका सडकलाई पैदलयात्री मैत्री बनाउनका लागि फुटपाथ निर्माण, बिस्तार, पुनःस्थापनाका लागि छुट्टै आयोजना संचालन गर्ने। काठमाडौँ उपत्यका प्राधिकरणले स्थानीय सरकारसँग सहकार्य गरेर यो आयोजना संचालन गर्ने ।
२. काठमाडौँ उपत्यका विकास प्राधिकरणको ऐन संसोधन गरेर,यसको संचालक समितिमा काठमाडौँ उपत्यकाका सम्पूर्ण महानगर–नगरपालिकाको प्रमुख,प्रदेश सरकार र संघीय सरकारका प्रतिनिधि रहने। यो प्राधिकरणले काठमाडौं उपत्यकाको यातायात,फोहोर, नदी प्रणाली,खानेपानी,ढल जस्ता पूर्वाधारका विषयमा एकिकृत सोच र कार्यक्रम तय गर्ने।
३. बुढानीलकण्ठ नगरपालिकाको वडा नं. १०, ११, १२ र कामनपाको वडा नं. ६ र ७ को केही भाग निरन्तर डुवानमा परिरहने समस्याको दीर्घकालिन समाधान खोज्न छुट्टै परियोजना बनाउने। अहिले गरिरहेका कामहरूलाई पनि सोही दीर्घकालीन योजनासंग जोड्ने र यो वर्ष महत्वपूर्ण काम सक्ने।
मन्त्रीज्यूले यी सुझावलाई सकारात्मक रुपमा लिई कार्य अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।