खेलकुद

लोकतान्त्रिक खेलकुद संघ बैठक

९ साउन, काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र कृुमार शेरचनको अध्यक्षतामा नेपाली काँग्रेस पार्टी कार्यलय सानेपामा, असार ९ गते सोमबार केन्द्रिय कमिटिको वैठक वसेको छ । वैठकमा पदाधिकारी र सदस्यहरुले आ – आफ्नो धारणा राखे थिए ।
नेपाली काँग्रेसले हालै भातृ संगठनको रुपमा मान्यता प्रदान गरे पश्चात नेपाली काँग्रेसका शिर्ष नेतृत्वहरु र केन्द्रिय कार्यसमितिलाई धन्यवाद ज्ञापन गर्ने प्रस्ताव पास गरेको छ । सोही अवसरमा संघले हालै अखिल नेपाल फुटवल संघको अध्यक्षमा केन्द्रिय सदस्य पंकज विक्रम नेम्वाङ्ग, बरिष्ठ उपाध्यक्षमा सचिव विरबहादुर खड्का, सदस्यमा सचिव मनिष जोशी निर्वाचित भएकोमा बधाई तथा कार्यकालको शुभकामना समेत प्रदान गरेको छ ।
नेपाल लोकतान्त्रिक खेलकुद संघले राष्ट्रिय खेलकुद परिषद भित्र भएका गतिवीधीलाई एक एक गरी नियाल्ने र खेलाडी साथै कर्मचारी हरुको हक हितको लागि सदैव उहाँहरुलाई साथ दिने र पार्टिलाई आउदो संघ र प्रदेशको निर्वाचनमा सहयोगी भुमीका खेल्दै एक बुथमा ५० जना नेपाल लोकतान्त्रिक खेलकुद संघका सदस्यहरु रहनेछ भनि उदघोष भएको छ । साथै यहि भाद्र २४ गते वि.पी जयन्तीका दिन पार्टिको केन्द्रिय कार्यसमिती र नेपाल लोकतान्त्रिक खेलकुद संघका साथिहरु विच मैत्रीपूर्ण फुटवल खेल खेल्ने निर्णय पनि गरेको छ ।
९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सिमति र उपसमितिहरु गठन गर्दा संघलाई व्यवास्ता गरेको, आफ्ना नजिकका संघ र ब्यक्तिहरुलाई जिम्मेवारी प्रदान गर्नुले ठुलै आर्थिक घोटाला हुन सक्ने तर्फ सचेत रहेको र गतिविधिलाई एकएक गरि निगरानी राख्न तिनै तहका समितिलिाई संघले निर्देशन गरेको छ । यस्तै संघले ९ औं राष्ट्रिय खेलकुदमा खेलाडीहरुको हक हितमा हुन सक्ने गलत क्रियाकलाप र अन्य गतिविधीलाई गम्मिर रुपमा लिनेछ । साथै खेलाडीहरुको हकहितका विरुद कुनै सम्झौता नगर्ने समेत संघका सचिव बखतबहादुर शाहिले बताएका छन् ।