मनोरञ्जन

१० प्रतिस्पर्धीलाई उछिन्दै भूवन केसी बने चलचित्र बिकास बोर्डको अध्यक्ष

९ साउन, काठमाडौं । बरिष्ठ कलाकार भूवन केसीलाई सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ ।
आज बसेको मनत्रीपरिषद बैठकले कलाकार केसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।
अरुण कुमार प्रधान, सुष्मा कार्की, दिपक श्रेष्ठ, नरेशकुमार पौडेल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुनीलकुमार पोखरेललगायत १० जना प्रतिस्पर्धीलाई पछाडी पारेर सरकारले केसीलाई चलचित्र बिकास बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।
केही महिना अगाडीमात्र कलाकार केसी काँग्रेस सभापति शेरबहादुर देउवाको हातबाट काँग्रेस प्रवेश गरेका कलाकार हुन् ।