१४ साउन, काठमाडौँ । नेपाल इन्स्योरेन्स एक्रिगेटर ‘‘मेरो बीमा’’ को औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । काठमाडौँको होटल मेरियन्टमा Mero Beema Presents Futuristic, Banking & Insurance Summit 2022 कार्यक्रम मार्फत मेरो बीमाको लोकार्पन सम्पन्न भएको हो । उक्त कार्यक्रमको उद्घाटन सूचना तथा संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले गरेका छन् ।
कार्यक्रममा बीमा समितिका अध्यक्ष सुर्य प्रसाद शिलवाल, नेपाल राष्ट्र बैंकका बरिष्ट डिपुटी गर्भनर डा निलम ढुंगाना तिम्सिना, कार्यक्रमका अध्यक्षता डा बिष्णु प्रसाद गौताम, आर बि आइ इंडिया सेवा समितिका अध्यक्ष डा अमिटभ राजन, मेगा बैंकका निर्देशक तथा लगानी बोर्ड नेपालका सदस्य बाल कृष्ण शिवाकोटी, र मेगा बैंकका निर्देशक तथा पर्यटन बोर्ड सदस्य मदन कुमार आचार्यको उपस्थिति थियो । कार्यक्रममा २०० जना भन्दा बदीको उपस्थिति रहेको थियो ।
पुर्व बीमा कर्मी तथा मेरो बीमाका संथापक कोष राज सुबेदीले मेरो बीमाको डिजटल अवधारणाको बारेमा जानकारी तथा भविष्यमा दिने सुबिधाको बारेमा जानकारी गराएका थिए ।
उक्त कार्यक्रममा ५ ओटा बिषय बस्तु “बीमा र बैंक” को Digitalization बारेमा प्यानलमा छलफल गरिएको थयो।
साथै IT पार्टनर Kuber World र Event Management “Eventalist” गरिएको थयो।





