स्वास्थ्य

‘स्वास्थ्य क्षेत्रमा सुधार आवश्यक छ’ : राज्यमन्त्री केसी

१४ साउन, काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले स्वास्थ्य क्षेत्रमा सुधारको खाँचो रहेको बताएका छन् । एकीकृत स्वास्थ्यकर्मी सङ्गठन नेपालको उपत्यका भेलालाई आज सम्बोधन गर्दै उनले स्वास्थ्यकर्मीका समस्या सम्बोधन तथा स्वास्थ्य क्षेत्र सुधारमा आफू लाग्ने बताए ।

स्वास्थ्यकर्मीका समस्या समाधान र स्वास्थ्य क्षेत्रमा सुधारको अनुभुति दिलाउने गरी आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, “सेवाग्राहीले अनुभुति गर्नेगरी सुधारका कदम चालिन्छ ।” राज्यमन्त्री केसीले अहिले पनि गाउँ–गाउँमा सहज र सर्वसुलभ स्वास्थ्य सेवा पुग्न नसकेको भन्दै त्यसका लागि योजना बनाउन आफू लागिरहेको बताए ।