अन्तर्राष्ट्रिय

विस्फोटमा एकको मृत्यु

१९ साउन, इस्लामाबाद । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको जामशोरो जिल्लामा बिहीबार बिहान भएको विस्फोटमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्लाको कोट्री नगरको उपआयुक्तको कार्यालयनजिकै बम विष्फोट भएको प्रहरीको बम डिस्पोजल युनिटले जनाएको छ ।
मारिएका व्यक्तिले बम राखेको हुनसक्ने आशंका प्रहरीले गरेको छ । प्रमाण जुटाउने क्रममा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।