स्वास्थ्य

नौसय ३४ सङ्क्रमित थपिँदा चारसय ७० घर फर्किए

२३ साउन, काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण आज नौसय ३४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा पाँच हजार तीनसय ५१ परीक्षणमध्ये नौसय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार छसय ८६ पुगेको छ ।

यस्तै आज कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई चारसय ७० जना घर फर्किएका छन् । अहिलेसम्म नौ लाख ७२ हजार नौ सय ६७ जनामा मानिस स्वास्थ्य लाभ लिई घर फर्किसकेका छन् ।

यस्तै आज कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको निधन भएको छ । अहिलेसम्म ११ हजार नौसय ७२ जनाको सङ्क्रमणबाट निधन भएको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर तथा दुईसयभन्दा बढी सङ्क्रमित भएका जिल्ला मोरङ र कास्की रहेका छन् ।

सङ्क्रमित शून्य भएका जिल्ला मुस्ताङ, कालीकोट र हुम्ला रहेका छन् । यस्तै होम आइसोलेशनमा पाँच हजार पाँचसय नौ जना, संस्थागत आइसोलेशनमा एकसय ७७ जना, सघन उपचार कक्ष (आइसियु)मा ४७ जना र भेन्टिलेटरमा तीन जनाको उपचार भइरहेको छ ।

विगत २४ घण्टामा ३२ हजार पाँचसय ३४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।