अन्तर्राष्ट्रिय

इरानले आफ्नो माग पूरा गरे ईयूको प्रस्ताव स्वीकार गर्ने

२७ साउन, तेहरान । इरानका एक कूटनीतिज्ञले सन् २०१५ को आणविक सम्झौतालाई पुनः जीवित गर्ने युरोपेली संघ (ईयू) को प्रस्ताव इरानको माग पूरा भएमा मात्र स्वीकार्य हुने बताएका छन् ।

नाम सार्वजनिक नगर्ने शर्तमा ती कूटनीतिज्ञले भने, “इरानले आईएईए सुरक्षासम्बन्धी राजनीतिक दाबीको समाधान गर्ने, इरानमाथिको प्रतिबन्ध हटाउने र आणविक वार्ताको अन्त्यमा सम्भावित सम्झौतामा पुग्ने ग्यारेन्टी दिनेलगायत इरानका विभिन्न माग पूरा गर्न इरानको ‘विश्वसनीयता’ भए नभएको हेर्ने प्रस्तावहरूको पुनरावलोकन गरिरहेको छ ।

भियना वार्तामा सहभागीहरूको राजनीतिक निर्णयको पर्खाइमा रहेको संयुक्त व्यापक कार्य योजना (जेसीपीओए) को रूपमा चिनिने आणविक सम्झौतालाई पुनर्जीवित गर्ने निर्णयको मस्यौदा निर्णयको ‘अन्तिम पाठ’ ईयूले सोमबार प्रस्तुत गरेको छ । सन् २०२१ को अप्रिलमा अस्ट्रियाको राजधानी माल्दिभ्समा सुरु भएको वार्ता तेहरान र वासिङ्टनबीचको राजनीतिक मतभेदका कारण मार्चमा स्थगित भएको थियो ।

पाँच महिनाको अन्तरालपछि बिहीबारदेखि शुरु भएको पछिल्लो चरणको वार्ता सोमबार टुङ्गिएको हो ।

सन् २०१५ को जुलाईमा इरानले विश्व शक्तिराष्ट्रहरूसँग जेसीपीओएमा हस्ताक्षर गरेको थियो र इरानमाथिको प्रतिबन्ध हटाउने शर्तमा आफ्नो आणविक कार्यक्रमलाई रोक्न सहमत भएको थियो ।

यद्यपि, पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनलाई सम्झौताबाट फिर्ता गर्दै तेहरानमाथि एकपक्षीय प्रतिबन्धहरू पुनः लागू गरेका थिए । जसले गर्दा तेहरानले सम्झौता अन्तर्गतका आफ्ना केही प्रतिबद्धताहरू फिर्ता लिन प्रेरित गरेको छ ।