आर्थिक

सन्राइज बैंकद्वारा नवलपरासी किर्तिपुरमा चौतारी निर्माण


२९ साउन, काठमाडौँ । सन्राइज बैंकले सुनवलको वडा नं ०३ स्थित किर्तिपुर–०२ नं मा चौतारीको निर्माण गरेको छ । २०७९ साउन २६ गते भएको एक उद्घाटन समारोहमा उक्त चौतारीको उद्घाटन गरिएको हो ।

उक्त कार्यक्रममा प्रमुख अथिति सुनवल नगरपालिका प्रमुख बिमला अर्याल, सभा अध्यक्ष पुमसरी गुरुङ्ग, विशिष्ठ अतिथीमा सन्राइज बैंकका नायब महा–प्रबन्धक अपछ कुमार यादव र सुनवल वडा नं ०३ का वडा अध्यक्ष पविन गुरुङ्ग तथा अन्य विभिन्न पदाधिकारी, समाजसेवी तथा स्थानिय बासिहरुको उपस्थिति रहेको थियो ।
स्थानियहरु विश्राम गर्ने, समाजका विभिन्न छलफल, भेला तथा कार्यक्रमहरु हुने उक्त चौतारीको निर्माणले समाजमा अतुलनिय योगदान पु¥याएको नगर प्रमुख अर्यालले बताए । संस्थागत उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरु देशका विभिन्न ठाउँहरुमा गरिरहेको बैंकले गाउँ ठाउँको भौतिक संरचना निर्माण गरी समाजलाई सहयोग गर्न पाएकोमा बैंकका नायब महा–प्रबन्धक यादवले खुसी व्यक्त गरे ।

बैंकले हरेक वर्ष आफ्नो नाफाको १ प्रतिशत संथागत सामाजिक उत्तरदायित्वमा खर्च गर्दै आएको छ र गत वर्ष मात्र पनि १५० भन्दा बढी कार्यक्रहरु गरेको बैंकले जनाएको छ ।