आर्थिक

हरितालिका तीजको अवसरमा सानिमा बैंकको कोसेली


३० साउन, काठमाडौँ । सानिमा बैंकले हरितालिका तीजको अवसरमा सम्पूर्ण नारीहरुका लागि तीजको कोसेली योजना सार्वजनिक गरेको छ ।
उक्त योजना अन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकहरुलाई डेविट/क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर, मोबाइल बैंकिङ्ग, एनसेल सिम कार्ड, युएस्डी इ–कार्ड (पहिलो टपअप) निःशुल्क जारी गरिने भएको छ । साथै, लकर शुल्कमा ७५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछ । यसैगरी पहिलो पिओएस् कारोबारमा १० प्रतिशत वा अधिकतम रु. ५०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछ । यो योजना २०७९ भाद्र १ देखि १५ गतेसम्म लागू हुनेछ । साथै, क्यासब्याक योजना २०७९ भाद्र मसान्तसम्म लागू हुने भएको छ ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा ए.टि.एम. संचालनमा रहेका छन् ।