राजनीति

गगन थापाले खुशी हुँदै भनेः काठमाडौँको फोहोर पुनःउठ्न थाल्यो, यो खुसीको खबर हो

२ भदौ, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले काठमाडौँको फोहोर पुनःउठ्न थाल्यो, यो खुसीको खबर हो भनेका छन् ।
उनले ट्वीट गर्दै शंक ब्यक्त गर्दै भनेका छन्, ‘फेरी अवरोध पो हुने होकी भन्ने संशय भने मनमा छ। यस पटक समस्या नबल्झिने गरी हल खोजौँ भन्ने चाहना र प्रयत्न हो। यसैका लागि आज काठमाडौँका केही सांसद, काठमाडौँ महानगरपालिका, जिल्ला प्रशासन, अन्य निकाय, शहरी विकास मन्त्रीसँगै बैठक बस्यौँ।
काठमाडौँको फोहोर पुनःउठ्न थाल्यो, यो खुसीको खबर हो। तर, फेरी अवरोध पो हुने होकी भन्ने संशय भने मनमा छ। यस पटक समस्या नबल्झिने गरी हल खोजौँ भन्ने चाहना र प्रयत्न हो। यसैका लागि आज काठमाडौँका केही सांसद, काठमाडौँ महानगरपालिका, जिल्ला प्रशासन, अन्य निकाय, शहरी विकास मन्त्रीसँगै बैठक बस्यौँ।’
उनको ट्वीटः
मूलतः फोहोर व्यवस्थापनको सन्दर्भमा स्थानीय सरकारले गरिरहेको काममा सहयोग पुर्‍याउने, स्थानीय सरकार र संघीय सरकारले गर्ने भनेका काम तत् – तत् निकायले समयमा सम्पन्न गर्ने नै हो।
बैठकमा मेरो अनुरोध रह्यो (समस्या बल्झेपछि अप्ठ्यारो परेको बेलामा मात्र जुट्ने नभई नियमित रूपमा बसौँ।कम्तीमा हप्तामा एक पटक सबै निकायरअड्डालाई बोलाएर बसौँ,समीक्षा गरौँ, जहाँ जसले जे गर्नुपर्ने हो गरौँ।
मा.मन्त्रीज्यूले यसलाई पूर्ण सकारात्मक रूपमा लिएर आइतबार नै बैठक बसेर काम अगाडी बढाउने जिम्मा लिनुभएको छ।