अन्तर्राष्ट्रिय

अफगानिस्तानमा भएको घातक हमलाको निन्दा

३ भदौ, संयुक्त राष्ट्रसङ्घ । अफगानिस्तानमा संयुक्त राष्ट्र सङ्घीय सहयोग नियोग (युनामा) ले बिहीबार राजधानी काबुलको मस्जिदमा भएको घातक हमलाको निन्दा गरेको छ ।

‘हामी काबुलको मस्जिदमा हिजो भएको आक्रमणको निन्दा गर्दछौं, हालैका हप्ताहरूमा दुई सय ५० भन्दा बढी व्यक्तिको ज्यान जाने र घाइते भएका बम विष्फोट शृङ्खलाको पछिल्लो घटना हो ।

गत वर्षको तुलनामा मासिक रूपमा हुने नागरिकको मृत्युको सबैभन्दा ठूलो संख्या भएको युनामाले छोटो वक्तव्यमा जानकारी दिएको छ ।

बुधबार साँझ नमाजको समयमा यस मस्जिदमा भएको ठूलो विस्फोट परी २१ जनाको मृत्यु भएको छ । मस्जिदका धर्मगुरु इमाम अमिर मुहम्मद काबुलीसहित ३३ जना घाइते भएका छन् ।

काबुलमा भएको आक्रमणको पछाडी कसको हात थियो भन्ने बारे अहिलेसम्म केही खुल्न सकेको छैन । यद्यपी हाल विष्फोट स्थललाई बन्द गरिएको छ ।

देशको बिग्रिएको सुरक्षा अवस्थाको बीचमा सबै प्रकारका आतङ्कवादलाई रोक्न संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानमा ठोस कदम चाल्न तालिबान अधिकारीहरूलाई आह्वान गरेको छ ।

कमजोर समुदायलाई थप सहयोग उपलब्ध गराउनुपर्छ र अपराधीहरूलाई न्यायको कठघरामा ल्याउनुपर्ने युनामले भनेको छ । ‘हामी मारिएका परिवारहरूप्रति गहिरो समवेदना प्रकट गर्दछौं र त को शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं युनामाले थप जानकारी दिएको छ ।