राजनीति

कृयाशील सदस्यहरुलाई भेला गरी कृयाशील गराए काँग्रेसले काठमाडौंका १० वटै क्षेत्र जित्छः नेता बस्नेत

१० भदौ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले स्थानीय तहको निर्बाचनमा कृयाशील सदस्यहरुलाई सकृय नगरेका कारण काठमाडौं महानगरमा काँग्रेसले मेयर गुमाउनुपरेको बताएका छन् ।
नेपाली काँग्रेसको जनताको साथमा काँग्रेस भन्ने काठमाडौं जिल्ला काँग्रेसको कार्यक्रमको उद्घाटन गर्दै काठमाडौंका १० वटै क्षेत्रमा काँग्रेस उम्मेद्वारलाई विजयी गराउने सबै नेता कार्यकर्ता लाग्नुपर्ने विचार ब्यक्त गरेका छन् ।
उनले नेपाली काँग्रेसले टिकट सिफारिसलगायतका लागि १० वटै क्षेत्र र २० वटा काठमाडौं जिल्लाका प्रदेश सभामा उम्मेद्वार छानौट गर्दा गुटउपगुटलाई ध्यान दिएर नगर्न अनुरोध गर्दै कुनैपनि २४ गतेसम्म हुने काठमाडौं जिल्लाका कार्यक्रममा आफुलाई बोलाए आफु उपस्थिति हुने बताए ।
नेपाल तरुण दलका पुर्व केन्द्रीय केन्द्रीय अध्यक्षसमेत रहेका नेता बस्नेतले नेकपा एमालेका अधयक्ष केपी शर्मा ओलीको असंबैधानिक कदम सच्याउन गरिएको गठबन्धन आउँदो निर्बाचनसम्म निरन्तरण रहने भन्दै पार्टीले दिएको निर्देशन र पार्टीका केन्द्रीय समितिका सबै निर्णय नेता कार्यकर्ताले मान्नुपर्ने बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका काठमाडौं जिल्ला सभापति सबुज बानिया, नेता चन्द्र महर्जनलगायतले आफ्नो बिचार राखेका थिए ।
काँग्रेसले ७७ वटै जिल्लमा कार्यक्रम अन्तर्गत केन्द्रीय सदस्यहरु खटाएको र उक्त कार्यक्रम अन्तर्गत नेता बस्नेतलाई काठमाडौं जिल्लखटाएको छ ।