राजनीति

मेयर शाहले भावुक हुँदै भनेः काठमाडौ राम्रो बनाउने अभियानमा साथ दिनुहुने सबैलाई धन्यवाद

११ भदौ, काठमाडौं । काठमाडौं महानगरपालीकाका मेयर बालेन शाहले काठमाडौं महानगरपालीकाको अनाधिकृत संरचना हटाउने अभियानलाई साथ दिएर सुधार गर्नुहुने सबैलाई धन्यवाद छ भनेका छन् ।
मेयर शाहले सामाजिक सञ्जालमा लेख्दै सबैलाई अनुरोध गर्दै भनेका छन्, ‘महानगरको यो अभियान सँधै रहनेछ । हामी पुनः अनुरोध गर्दछौँ, कृपया ! नियमको पालना गरिदिनुहोला । ’
उनको ट्वीटः
चाहेको यत्ति हो कि जे जुन प्रयोजनका लागि बनेको छ, त्यहिरुपमा प्रयोग होस् । यो कुरालाई पहिलेदेखि नै व्यवहारिकरुपमा प्रयोग गर्नु भएकाहरुप्रति महानगर आभारी छ । अहिलेको अभियानलाई साथ दिएर सुधार गर्नुहुने सबैलाई धन्यवाद छ । महानगरको यो अभियान सँधै रहनेछ । हामी पुनः अनुरोध गर्दछौँ, कृपया ! नियमको पालना गरिदिनुहोला । महानगर व्यवस्थित बनाउन सबैको योगदानको अनिवार्यता महसुस गरिदिनुहोला ।