राजनीति

संस्थापन पक्षले पेल्दै गएका कारण डा कोईराला पक्षले भातृसंस्थामा तत्काल समानान्तर कमिटी गठन गर्नुपर्छः नेता केसी

१३ भदौ, काठमाडौं । नेपाली काँग्रेसका नेता जगदीश्वरनरसिंह केसीले काँग्रेसमा संस्थापन पक्षले कोईराला पक्षलाई पेलेर लान खोजेको बताएका छन् ।
उनले सुर्यखबरसंग कुरा गर्दै जनजाती महासंघ गठन एकलौटी गरेको उदाहरण भएको बताउँदै यसका लागि बरिष्ठ नेता डा कोईराला पक्षले समानान्तर कटिमी गठन गर्दै लानुपर्ने आम कार्यकर्ताको भावना रहेको बताएका छन् ।
उनले नेबिसंघ, तरुण दल, महिला संघलगायतका भातृसंस्थालाई समानान्तर रुपमा संस्थापन इतरले गठन गर्नुको बिकल्प नभएको दबी गर्दै संस्थापन पक्ष नसच्चिएमा काँग्रेस दुर्घटनामा पर्न सक्ने बताएका छन् ।
नेता केसीले काँग्रेसभित्र आम कार्यकर्तालाई काम गर्ने वातावरण हुनुपर्ने भन्दै धनबाद र डनबाद अनि नाताबाद कृपाबाद हावी भए कार्यकर्ता निरास हुने बताउँदै युवा पुस्तालाई समेट्न कार्यक्रमहरु ल्याउनुपर्ने बताए ।