१४ भाद्र, बेइजिङ । चिनका राष्ट्रपति सी चिन फिङले मङ्गलबार राष्ट्रिय पुरस्कार समारोहमा भाग लिन बेइजिङमा रहेका नमूना निजामती कर्मचारीका प्रतिनिधिहरूसँग भेटवार्ता गरेका छन्।
सो अवसरमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले देशभरका प्रतिनिधिहरूलाई बधाइ तथा शुभकामना व्यक्त गरेका छन्।
उनले ती प्रतिनिधिहरूलाई आफ्नो लक्ष्य र ध्येयमा अडिग रहन र आफ्नो जिम्मेवारीलाई काँधमा राख्न प्रोत्साहित गरेका छन।




