आर्थिक

प्रभु बैंक र बाबा फुड्स एण्ड रेस्ट्र बिच सम्झौता

२१ भदौ, काठमाडौँ । प्रभु बैंक लिमिटेड र बाबा फुड्स एण्ड रेस्ट्रो प्रा. लि. बिच सम्झौता भएको छ । भदौ १६ गतेका दिन प्रभु बैंक र जनकपुर स्थित बाबा फुड्स एण्ड रेस्ट्रा बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको हो ।
बैंकका तर्फबाट प्रदेश २ का मुख्य व्यवसाय केन्द्र अधिकारी भुषण प्रसाद गुप्ता र बाबा फुड्स एण्ड रेस्ट्राका तर्फबाट प्रबन्ध निर्देशक बिशाल साहद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । प्रभु बैंक र बाबा फुड्स एण्ड रेस्ट्रोको बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले बाबा फुड्स एण्ड रेस्ट्र द्धारा सञ्चालित “फुड” र “वेभरेज” सेवामा ७ प्रतिशत छुट प्राप्त हुने भएको छ ।

उतm सम्झौता अन्तर्गत बाबा फुड्स एण्ड रेस्ट्रो मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, बाबा फुड्स एण्ड रेस्ट्रोका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।