आर्थिक

सन्राइज बैंकद्वारा पाथीभरा मन्दिरलाई पोर्टेबल शौचालय र डिजिटल स्क्रोलिङ बोर्ड सहयोग

२१ भदौ, काठमाडौँ । सन्राइज बैंकले ताप्लेजुङको पाथीभरा क्षेत्रमा प्रयोग हुने गरी तीन थान पोर्टेबल शौचालय र एक थान डिजिटल स्क्रोलिङ बोर्ड प्रदान गरेको छ ।

२०७९ भदौ, १८ गते भएको एक समारोहमा बैंकका नायब महाप्रबन्धक रविनकुमार नेपालले पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेवेलाई उक्त सामग्रीको हस्तान्तरण गरेका छन् । जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाको उपस्थितिमा बैंकले पोर्टेबल शौचालय र एकथान डिजिटल स्क्रोलिङ बोर्ड पाथीभरा क्षेत्र विकास समितिलाई हस्तान्तरण गरेको हो ।
भक्तजनहरुको ठूलो आस्थाको केन्द्र पाथीभरामा वर्षभरीमा लाखौं भक्तजनहरु आउने गर्दछन् । मन्दिर पुग्नको लागि करिब ५/६ घण्टाको उकालो हिड्नु पर्ने हुन्छ । उक्त बाटोमा भक्तजनहरुलाई शौचालयको सुविधा पु¥याउने उद्देश्य साथ तीन थान शौचालय विभिन्न ठाउँमा राख्ने गरी हस्तान्तरण गरिएको बैंकका नायब महाप्रबन्धक रविनकुमार नेपालले बताए । साथै मन्दिर यात्राको क्रममा सामाजिक सुचना दिन सहज होस् भन्ने हतुले डिजिटल स्क्रोलिङ बोर्ड पनि हस्तान्तसण गरिएको हो ।

साथै २०७९ भदौ २१ गतेका दिन बैंकले डिजिटल स्क्रोलिङ बोर्ड पाथीभरा मन्दिर, चारआली, मेचीनगर १३, झापामा समेत उपलब्ध गराएको छ । उक्त कार्यक्रममा बैंकका नायब महाप्रबन्धक रविनकुमार नेपाल र पाउ पाथीभरा उत्तर गंगा पर्यटन प्रर्बन्धन समितिका अध्यक्ष तिलक प्रसाद गिरीले बैंकका पदाधिकारीहरुको उपस्थितिमा डिजिटल स्क्रोलिङ घडीको उद्घाटन संयुक्त रुपमा गरेका थिए ।