राजनीति

सत्ता गठबन्धनले बहुमत ल्याउने गरी रणनीति बनाउनुपर्छः नेता प्रधान

२१ भदौ, काठमाडौं। नेपाली कांग्रसका नेता एवं पूर्वमन्त्री भीमसेनदास प्रधानले सत्ता गठबन्धन बहुमत ल्याउने गरी रणनीति बनाएर अघि बढ्नुपर्ने बताएका छन् । आगामी चुनावमा रणनीतिसहित अघि बढेमा मात्रै निर्वाचनपछि गठबन्धनको सरकार बन्ने उनले बताए।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेता प्रधानले सिट बाँडफाँटबारे गठबन्धनभित्र निर्णय भइनसकेको बताए । गठबन्धनले बहुमत ल्याउने गरी सिट बाँडफाँट गर्नुपर्नेमा उनले जोड दिए । “नेताहरुले गठबन्धनको बहुमत आउने गरी अभ्यास गरिरहनु भएको छ”, उनले भने ।

कांग्रेस कुनै पनि हालतमा ८० सिटमा झर्नै नसक्ने उल्लेख गर्दै नेता प्रधानले भने, “८० सिटमा सहमति हुने सम्भावना न्यून छ ।”