२२ भाद्र, काठमाडौं । नेपालको लागि फोटोन गाडीहरुको आधिकारिक वितरक एमएडब्लु वृद्धि कमर्सियल भेहिकल प्रा.लि.ले सम्पूर्ण नयाँ अमार्क टिएक्स मिनी ट्रक नेपालमा पेश गरेको छ ।
भाद्र २१ गते औपचारिक रुपमा विक्री शुभारम्भ गरिएको यो व्यावसायिक मिनी ट्रक नेपालको सबै मुख्य शहरहरुमा उपलब्ध गराइएको छ । विशेषतः व्यावसायिक उद्देश्यहरु परिपुर्तिका लागि निर्माण गरिएको अत्याधुनिक नवीनतम अमार्क टिएक्स अटो क्षेत्रको सबैभन्दा पछिल्लो उन्नत इन्जिनियरिङसंग संयोजन गरिएको छ ।
अविश्वसनीय माइलेज र ४१३० केजीसम्मको भार बहन क्षमता भएको बृहत् लोडिङ डेकसहितको यो पिक अपबाट उच्चतम नाफा आर्जन गर्न सकिने दावी कम्पनीले गरेको छ । भर्टिकलद्वारा शक्ति प्रदत्त, इन–लाइन, पानी चिस्याउने, फोर स्ट्रोक, टर्बो चार्जिङ, अधिकतम ३६०० आरपिएममा ७६ कि.वा.प्रतिफल दिने बिजे ४९३जेडएलक्युभि १ (इसुजु प्रविधि) इन्जिन जडित र ८० लिटर क्षमताको इन्धन ट्याँकसहित अधितकम टर्क १९००–२२०० आरपिएममा २२५ एनएम भएको नयाँ अमार्क टिएक्स पिक अप समूहमा आवश्यक पर्ने हर प्रकारको व्यावसायिक आवश्यकताहरु पुरा गर्न सक्षम छ ।
जुनै अवस्थाको सडकमा पनि सजिलै गुड्ने गरी बनाइएको यस पिकअपमा ६.५० आर १६ प्रकृतिको टायर प्रयोग गरिएको छ जुन ६ र १ जगेडा समेत गरी ७ वटा रहेका छन् र यसको ह्वीलबेस २८०० मिमि छ भनें जमिनबाटको उचाई (ग्राउण्ड क्लियरेन्स) न्युनतम १९० मिमि रहेको छ । कम्पनीका अनुसार यो पिकअप सबैभन्दा सुरक्षित, अत्यन्त एर्गोनोमिक र हिटर समेत भएको
आरामदायी क्याबिनहरु, समायोज्य स्टेयरिङ पाङ्ग्रा र चौथो श्रेणीको वाइड एँगल लेन्ससहित निर्माण गरिएको छ । साथै पिक अपमा सबै खाले अडियो–रेडियोहरु, अक्जुलरी र एमपि ३ रहेका छन्, जुन १२ भोल्ट ब्याट्री र १२० एएच ब्याट्री एम्पीयरयुक्त छन् ।
यी सबका अतिरिक्त विश्व स्तरीय अमार्क टिएक्समा अत्यन्त भरपर्दो ब्रेकिङ प्रणालीहरु जडित छन् । यसमा सर्भिस ब्रेकको प्रकतिमा हाइड्रोलिक, फ्रन्ट/रीयर ड्रम रहेका छन् भनें पार्किङ ब्रेक प्रकृतिमा सेन्ट्रल ड्रम ब्रेक र अक्जुलरी ब्रेक प्रकृतिमा एक्जाहस्ट ब्रेक रहेका छन् । “अधिकतम माइलेज र उच्चतम भार बहन क्षमताको अभुतपूर्व ग्राहक मूल्य प्रस्तावयुक्त यो नयाँ
अमार्क टिएक्स ट्रकको विक्री शुभारम्भका साथ यस अटोले नेपालको अटो बजारमा सर्वोत्कृष्टता र ग्राहक संख्यामा नयाँ आँकडा स्थापित गर्नेछ” । कम्पनीको दावा छ ।





