आर्थिक

कुमारी क्यापिटलको संस्थागत परामर्श सेवा “Way to Listing” शुभारम्भ

२२ भदौ, काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले संस्थागत परामर्श सेवा अन्तगर्त “Way to Listing” नामक नयाँ सेवा सञ्चालनमा ल्याएको छ ।
क्यापिटलले “Way to Listing” सेवा अन्तर्गत नेपालको प्रचलित कानुन बमोजिम स्थापना भएका जुनसुकै संगठित संस्थाहरुलाई धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन पुर्व गर्नुपर्ने वित्तिय तथा संगठनात्मक पुनर्संरचना लगायतका कार्यमा आवश्यक सम्पुर्ण वित्तिय तथा कानुनी परामर्श सेवा उपलब्ध गराउनेछ । साथै, क्यापिटलले धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन गर्ने, निष्कासित धितोपत्र नेपाल धितोपत्र विनिमय बजारमा सुचिकरण गराउने लगायतका सम्पुर्ण सेवाहरु प्रदान गर्नेछ । क्यापिटलको यस सेवाले वास्तविक क्षेत्रका कम्पनिहरुलाई धितोपत्र बजारमा भित्राउने धितोपत्र बोर्डको नितिलाई समेत सहयोग पु¥याउने छ ।
क्यापिटलले संस्थागत परामर्श सेवा अन्तर्गत निम्न कार्यहरु गर्नेछ:
व्यवसायिक तथा वित्तिय योजनाको तयारी, वित्तिय तथा संगठनात्मक पुनर्संरचना, वित्तिय श्रोत जुटाउन सहयोग, कम्पनि मुल्याङ्कन, तथा परीयोजना मुल्याङ्कन, प्रबन्धपत्र तथा नियमावली संशोधन, आन्तरिक नियन्त्रण प्रणालिको विकास तथा प्रभावकारिता मुल्याङ्कन, ब्यवस्थापकिय परामर्श रहेका छन् ।
म्गभ म्ष्ष्निभलअभ