२३ भाद्र, काठमाण्डौ । जनसेबी बचत तथा ऋण सहकारी संस्था लि. र फ्रन्ट लाइन हस्पिटल प्रालि बिच आफ्ना सदस्य तथा कर्मचारीहरूका लागि स्वास्थ्यसम्बन्धी आवश्यक सहयोग पुर्याउने उद्देश्यले एक सम्झौता गरेको छ ।
कोभिड–१९ को लहरले आफ्ना सदस्य हरुको जनजीवन र स्वास्थ्यमा समेत प्रत्यक्ष प्रभाव पारेकाले अहिलेको परिस्थितिमा डाक्टरसम्म सहज पहुँच पुगोस् भन्ने महशुस गरि सहकारि सस्था सँग सम्बद्ध सदस्यहरूले उक्त हस्पिटलबाट पूर्णकालीन आवश्यक सेवाहरू, विषेशज्ञ डाक्टरको परामर्श सेवा, नर्सिङ केयर सेवा,ल्याब टेस्ट,पिसि आर टेस्ट,एम्बुलेन्स सेवा,फार्मेसी तथा विभिन्न खोपका लागि व्यवस्था, रगत परीक्षण तथा डाक्टरको परामर्श सेवामा विशेष छुट शुल्कमा लिन सक्ने व्यवस्था गरिएको सस्थाले जनाएको छ ।
मध्ये बानेश्वर १०, काठमाडौंमा रहेको सहकारी सस्थाले आगामी दिनहरुमा उक्त अस्पताल सँग संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।





