राजनीति

गठबन्धन गरेका पाँचमध्ये कुनैपनि दलसँग काँग्रेसको विचार मिल्दैनः बरिष्ठ नेता डा कोईराला

२३ भदौ, काठमाडौं । काँग्रेस बरिष्ठ नेता डा कोईरालाले गठबन्धन बिचित्रको भएको भन्दै बिपी कोईरालाले भनेजस्तै गठबन्धन गरेका दलहरुसँग काँग्रेसको कुनैपनि कुरा नमिल्ने बताएका छन् ।
उनले संघीयता मधेशकै जनताको बलमा आएको भन्दै गठबन्धनको परिणाम निर्बाचनको परिणाम आएपछि थाहा हुने भनेका छन् ।
उनले गठबन्धन माओबादी, एकीकृत समाजबादी, जसपा, जनर्मोचा कसैसँग पनि कुनै तरिकाले विचार नमिल्ने बताए । उनले एमालेलाई जित्नमात्र गठबन्धन गरिएको भन्दै काँग्रेसको केन्द्रीय समितिले एकल बहुमत ल्याउनमात्र गठबन्धन गरिने भनेर निर्णय गरिएको दाबी गरेका छन् ।
नेपाली काँग्रेसका बरिष्ठ नेता डा शेखर कोईरालाले कुशेस्वर र कामेश्वरको नाममा नगरपालीका राख्ने भने र नामै हटाईदिए भन्दै लोकतन्त्रको लागि योगदान गर्नेलाई सम्मान नगरे असल समाज निर्माण गर्न नसकिने बुझ्नुपर्ने बताए ।
बरिष्ठ नेता डा कोईरालाले २०३३ सालमा जब बिपी कोईराला भारतको प्रवासबाट नेपाल फर्किएपछि सुन्दरी जल जेल गएपछि उनका ८ मुद्धामध्ये एउटामात्र मुद्धा पास भएको भए आजीबन काराबासको सम्मको सजाय हुने पत्रकार र काँग्रेसका साथीहरुले स्मरण गर्नुपर्ने बताए ।
नेता डा कोईरालाले मिडिया काउन्शील बिधेयक र सत्य निरुपण तथा मेलमिलापको बिधेयक राम्रो नभएको बताए । उनले जघन्य अपराधमा पनि कुनै मुद्धा दर्ता गर्न नपाईने भन्ने बिधेयक काँग्रेसको सरकारका समयमासमेत ल्याउनु गलत भएके बताए ।
नेपाल प्रशे यूनियनको केन्द्रीय समितिको कार्यक्रममा मेलमिलापमा पीडितलाई पुनराबेदन गर्न पनि नपाईने, पीडित बोल्न पनि नपाईने भन्ने अत्यन्तै गम्भीर भएको बताए । उनले मिडिया काउन्शील बिधेयक अन्तर्गत केही लेखेमा १० लाखसम्म जरिवाना लिने कुरा गलत भएको भन्दै मिडियाले गलत लेख्न नहुने भनिएपनि जरिवानाका रुपमा एक रुपैयाँ पनि लिन नहुने बताए ।
गिरिजाबाबुको समाचार नेपालीमा भन्दा अंग्रेजी समाचार पत्रमा आउने स्मरण गर्दै जतिसुकै प्राजातान्त्रीक सरका भएपनि आफ्नो बिरोध गरेर मिडियामा लेखेको मन नपर्ने बताए । उनले बिपीले मदनमणी दिक्षीतलाई पैसा दिएर पनि आलोचना गर्न लगाएको बताउँदै प्रशे स्वतन्त्रता नभए यसमा कहिल्यै लोकतन्त्र स्थापीत हुन नसक्ने बताए । उनले समयमै निर्बाचन गर्ने बित्तिकै लोकतन्त्र सुदृढ नहुने भन्दै पारदर्शीता, उत्तरदायी, मानव अधिकारलगायतका लोकतन्त्रका आधारभूत मान्यताहरु आउनुपर्ने बताए । उनले पटक पटक दोहोर्याउँदै प्रश स्वतन्त्रता नै लोकतन्त्रको आधारभूत स्तम्भ भएको दाबकी गरे ।
उनले पत्रकारको कलममा धेरै दम भएको भन्दै भ्रष्टाचारका कुराहरु निर्धक्क भएर लेख्न आग्रह गरे । अर्को सिरियस नीतिमा काँग्रेस र अन्य दलको बैदेशीक नीतिमा राजनीतिक दलहरुबीच मिनिमम अण्डरस्डेण्डिङमा हुनुपर्ने भएको बताए । उनले काँग्रेसले बहुमत बनाउन कम्तीम एक सय स्थान संघीयतामा पाउनुपर्ने बताउँदै १६५ स्थानमा नै काँग्रेस उठेपनि काँग्रेसलाई नपुग्ने भन्दै सीट बाँडफाँड नमिलेमा काँग्रेभित्र बिद्रोह हुनसक्ने बताए । उनले केहीदिनमा नै काँग्रेसले लिस्ट बुझाउनुपर्ने भन्दै प्रत्येक क्षेत्रमा काँग्रेसको परिस्थिति छ प्रेश यूनियनका साथीहरुले जस्ताको तस्सै मिडियामार्फत बाहिर ल्याउनुपर्ने बताए ।