राजनीति

नारालेमात्र देश विकास असम्भव छ, काम गर्नुपर्छः नेता सिंह

२४ भदौं, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नाराले मात्रै बिकासको सपना पुरा नहुने बताएका छन् । उनले देश विकास गर्न काम गर्नुपर्ने बताएका छन् ।
शुक्रबार काठमाडौंको बुद्धनगरमा सामुदायिक भवन एवं सुवर्ण पार्क उद्घाटन गर्दै नेता सिंहले मुलुकको बिकासका सपना पुरा गर्न नारा नभएर काममा ध्यान दिनुपर्ने बताएका हुन् ।
उनले नारालाई काममा रुपान्तरण गर्न जनप्रतिनिधि र समूदायबीच सहकार्य हुनुपर्ने जिकिर गरे । नेता सिंहले राम्रा प्रतिनिधि चयन गर्दा त्यसको प्रतिफल कस्तो हुन्छ भन्ने उदाहरण काठमाडौंमा क्षेत्र नंवर १ ले देखाएको दावी गरे । उनले समूदायमा काम गर्दा पारदर्शी रुपले गर्नुपर्ने धारणा राखे ।
नेता सिंह र बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठद्वारा सांसद विकास कोष अन्तर्गतको रकमबाट सामुदायिक भवन एवं सुवर्ण पार्क निर्माण गरिएको हो ।