राजनीति

प्रधानमन्त्री देउवाद्वारा अस्पताल पुगेर बलायरको स्वास्थ्य लाभको कामना

२५ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा धनगढी निवासी नरबहादुर बलायरको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल पुगी उनले बलायरको अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेका हुन्।

आज साढे ११ बजे अस्पताल पुगेका प्रधानमन्त्री देउवाले बलायर र उनका आफन्त तथा उपचारमा सम्लग्न चिकित्सकसँग कुरा गर्नुभएको अस्पतालले जनाएको छ ।  बलायर लामो समयदेखि मिर्गौलाले काम नगर्दा  पीडित हुँदै आएका छन्  । दुवै मिर्गौलामा समस्या देखिएकाले  हाल उनले उक्त  अस्पतालमा उपचार गराइरहेका छन् ।