राजनीति

राजनीतिक दलका नेताहरुको सम्पती तत्काल छानबिन गर्न उपसभापति गुरुङको माग

२६ भदौ, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिक दलका उच्च नेताहरुको सम्पती छानबिन गर्न माग गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै उक्त सम्पती छानबिन गर्ने कार्य आफैंबाट शुरु गर्न आग्रहसमेत गरेका छन् ।
राजनीतिक दलका उच्च स्तरका नेताहरुले भ्रष्टाचार गरी अकुत सम्पती कमाएको भन्ने जनताले आरोप लगाईरहेका बेला नेता गुरुङले उक्त कुरा उठाएका छन् ।
राजनीतिक दलहरु भ्रष्ट भई काम गर्न सकेनन् र स्वतन्त्र उम्मेद्वारहरुले देशभर स्थान जमाउन थालेका बेला नेता गुरुङको उक्त अभियानले पार्टीलाई राम्रो गर्ने देखिन्छ ।
उनले भनेका छन्ः राजनीतिक दलका उच्च नेताहरूको सम्पत्ति छानबिन हुनुपर्छ। त्यसको सुरूवात म बाटै गरियोस्।
जय नेपाल !