आर्थिक

श्रृजनशील लघुवित्तको साधारण शेयर बाँडफाँड कार्य सम्पन्न

२७ भदौ, काठमाडौँ । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडकोे साधारण शेयरकोे बाँडफाँड कार्य सम्पन्न भएको छ

सन्राइज क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशित श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडकोे प्रति शेयर रु.१००।- अङ्कित दरको तीन लाख ९३ हजार ७५० कित्ता मध्ये कर्मचारी तथा सामुहिक लगानी कोषलाई वितरण पश्चात बांकि भएको ३ लाख ६८ हजार ५९० कित्ता शेयर २०७९ भदौ १५ देखि २०७९ भदौ १९ गते सम्म सर्वसाधारणहरुको लागि निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा १८ लाख ३८ हजार ७५१ दरखास्त फारामबाट कुल एक करोड ९९ लाख ७२ हजार ६८० कित्ताको लागि आवेदन प्राप्त भएको छ ।

उक्त निष्काशनमा आवेदन दिने १८ लाख ३८ हजार ७५१ जना आवेदकहरु मध्ये रित नपुगेका एक हजार ३१५ जना आवेदकहरुलाई बांडफांडमा समावेश नगरी बांकि १८ लाख ३७ हजार ४३६ जना आवेदकहरुलाई एउटै समुहमा राखि ३६ हजार ८५९ जनालाई १० कित्ताका दरले गोलाप्रथा विधिबाट ३ लाख ६८हजार ५९० कित्ता शेयर नियमन निकायका प्रतिनिधिहरुको कारोबारमा निष्काशन कम्पनी र निष्काशन तथा बिक्री प्रबन्धकको प्रतिनिधिको उपस्थितिमा सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाण्डौंमा शेयर बाँडफाँड कार्य सम्पन्न गरिएको छ ।