आर्थिक

एससिटीको दमदार दसैँ धमाका थ्री डी अफर, तेत्तिस प्रतिशतसम्म छुट

२७ भदौ, काठमाडौँ । स्मार्टचोइस टेक्नोलोजिज लिमिटेड (एससिटी) ले दमदार दसैँ धमाका थ्री डी अफर सार्वजनिक गरेको छ ।
अफर अन्तर्गत एससिटी–यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले कुनैपनि खरिदमा पोस मार्फत विद्युतीय कारोबार गर्दा ३३.३३ प्रतिशत सम्म क्यास्ब्याक प्राप्त गर्न सकिने छ ।
हाल सम्म पनि एससिटी यूपीआई डेबिट कार्ड नलिएका ग्राहकहरुले कार्ड जारी गर्ने कुनै पनि बैंक तथा वित्तीय संस्थामा गई प्राप्त गर्न सक्नेछन ।
साथै एससिटी–यूपीआई डेबिट कार्ड मार्फत एटीएममा क्यास कारोबार गर्दै आएका ग्राहकहरुले पनि यो अफर मार्फत रू. बाह्र सयसम्म क्यास्ब्याक प्राप्त गर्न सक्नेछन । मात्र रू. पन्ध्र सय बराबर को पोस कारोबारमा रू. पाँच सय र रू. तीन हजारको कारोबार मा रू. एक हजार क्यास्ब्याक प्राप्त गर्न सकिने यो अफर मार्फत सबै एससिटी–यूपीआई डेबिट कार्ड प्रयोगकर्ताहरुले ३३.३३ प्रतिशत सम्मको क्यास्ब्याक प्राप्त गर्न सक्नेछन । अफरको बिस्तृत विवरण एससिटीको आधिकारिक वेबसाईटमा राखिएको छ ।
यो अफर असोज महिना भरि लागु हुनेछ ।