आर्थिक

प्रभु बैंक र र्गुधारा डेन्टल केयर बिच छुट सम्बन्धी सम्झौता

२ असोज, काठमाण्डौ । प्रभु बैंक लिमिटेड र र्गुधारा स्थित र्गुधारा डेन्टल केयर प्रा. लि.बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बैंकका तर्फबाट र्गुधारा शाखा कार्यालय प्रमुख सुबिर घले र र्गुधारा डेन्टल केयर प्रा. लि का तर्फबाट प्रबन्ध निर्देशक डा.बिनय भण्डारीद्वारा उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । प्रभु बैंक र उक्त डेन्टल क्लिनिक बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले र्गुधारा डेन्टल केयर प्रा. लि द्धारा सञ्चालित “साधारण दन्त उपचार” सेवामा १५ प्रतिशत र “जटिल दन्त उपचार” सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ।

उक्त सम्झौता अन्तर्गत र्गुधारा डेन्टल केयर प्रा. लि. मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, र्गुधारा डेन्टल केयर प्रा. लि. का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुनेछन् भन्ने बैंकले विश्वास लिएको छ ।