आर्थिक

टिएमएसमा आइएमई पे बाट लोड कोलेटरल स्मार्ट वेल्थ प्रो सब्स्क्रिप्सनमा ३५ प्रतिशत छुट

८ आश्विन, काठमाडौँ । आइएमई पे र सोर्स कोड प्रा.लीवीच आइएमई पेका ग्राहकलाई स्मार्ट वेल्थ प्रो सब्स्क्रिप्सनमा ३५प्रतिशत छुट दिने सम्झौता भएको छ ।

आइएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले आइएमई पे बाट टि एम एसमा लोड कोलेटरल र ब्रोकर फन्ड सेटलमेनट गर्दा आइएमई पेका ग्राहकहरुले स्मार्ट वेल्थ प्रोको विभिन्न सब्स्क्रिप्सन प्याकेजमा ३५प्रतिशत छुट पाउने बताएका छन् ।
डिस्काउन्न्ट कोड ग्राहकले आफ्नो ब्रोकर टिएमएसमा आइएमई पे छनोट गरी लोड कोलेटरल र ब्रोकर फन्ड सेटलमेनट गरेको भोलिपल्ट आफ्नो मोबाइलमा मेसेज मार्फत पाउने छन् । उनले आइएमई पेका ग्राहकहरुलाई यस छुटको भरपुर सदुपयोग गर्न पनि आग्रह गरेका छन् ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । आइएमई पे आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दुरञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।

आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुकोमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन । यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुविधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा त्तच् स्कान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसि तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ । यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुविधा उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुविधाबाट वञ्चित नेपाली तथा न्युन बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण
जनतालाई वित्तिय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढि ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ ।

स्मार्ट वेल्थ प्रो शेयर बजार विश्लेषन गर्ने र आफ्नो शेयर पोर्टफोलिओ व्यवस्थापन गर्ने सफ्टवेयर हो । स्मार्ट वेल्थ प्रो सबै लगनिकर्ताहरुको लागि एकदम नै उपयोगी हुन्छ । लगनिकर्ताहरुले शेयर बजारका सबै जानकारी यहाँ पाउन सकिन्छ । लगानीकर्ताहरुले यस सफ्टवेयर मार्फत नेपाल स्टक एक्स्चेन्जमा सुचीकृत सबै कम्पनीहरुको आधारभुत तथा प्राविधिक विश्लेषन गरेर लगानी गर्नको लागि सबैभन्दा उपयुुक्त प्लान रोज्न सकिन्छ । स्मार्ट वेल्थ प्रोले हरेक साता एउटा न्युजलेटर निकाल्ने गर्छ जस्मा साता भरीको नेप्सेको विश्लेषण गरिएको हुन्छ । साथै कुनै पनि कम्पनीको आधारभुत तथा प्राविधिक विश्लेषन पनि गरिएको हुन्छ । स्मार्ट वेल्थ प्रोले बेलाबेला शेयर तालिम पनि दिने गर्दछ। नयाँ लगानीकर्ताहरु लाई शेयर
बजारमा कसरी लगानी गर्ने, कुन शेयर किन्ने, कसरी आफ्नो पोर्टफोलियो व्यवस्थापन गर्ने भनेर सिकाउने गर्दछ । यस्तो तालिममा स्मार्ट वेल्थ प्रोका ग्राहकहरुलाई विशेष छुट पनि छ ।